scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कांग्रेस नेता कोइराला सम्मानित

एसपी यादव/सर्लाही, १२ वैशाख । सर्लाहीमा १५ औं लोकतन्त्र दिवसका अवसरमा शनिबार कांग्रेस नेता वासुदेवशरण कोइरालालाई नेकपा एमालेद्वारा सम्मान गरिएको छ ।

नेकपा एमाले जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार लोकतन्त्रका लागि लडेका सहिदका परिवार, घाइते तथा अपांगप्रति उच्च सम्मान प्रकट गर्ने क्रममा एमाले जिल्ला कमिटी सर्लाहीले लोकतन्त्रका संवाहक भन्दै कांग्रेसका पुराना नेता कोइरालालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

लोकतन्त्र दिवसकै अवसरमा एमाले जिल्ला कमिटी सर्लाहीले जुटपानीस्थित पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण समेत गरेका थिए ।

सम्मानित भएका नेता कोइराला बीपी कोइरालाका सहपाठीसमेत हुन् । दल अलग भए पनि लोकतन्त्रका संवाहक भएकाले कांग्रेस नेता कोइरालासहित उनकी धर्मपत्नी मञ्जुलाई समेत सम्मान गरिएको थियो ।

१५ औं लोकतन्त्र दिवसका अवसरमा एमाले जिल्ला कमिटी सर्लाहीले जनआन्दोलनका बेला सर्लाहीका नागरिकले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै विज्ञप्ति समेत जारी गरिएको हो ।

सम्मानित नेता कोइराला पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रमका संरक्षकसमेत रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय