scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: वुल्भसमाथि बर्नलीको शानदार जीत, वूडको ह्‍याट्रिक

काठमाडौं, १३ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा बर्नलीले शानदार जीत हासिल गरेको छ । बर्नलीले वुल्भसलाई उसैको मैदानमा ४-० ले हराएको हो ।

बर्नलीको जीतमा क्रिस वूडले ह्‍याट्रिक गरे भने एसले वेस्टवूडले १ गोल थपे । पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल भएका थिए ।

खेलको १५औं मिनेटमा वूडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा दोस्रो गोल गर्दै वूडले टोलीको पनि अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा वूडले ह्‍याट्रिक पूरा गरेपछि पहिलो हाफमा बर्नलीले ३-० को अग्रता बनाएको थियो । दोस्रो हाफको ८५औं मिनेटमा वेस्टवूडले गोल थपेपछि बर्नली ४-० ले विजयी भयो ।

जीतसँगै ३३ खेलबाट ३६ अंक भएको बर्नली अंकतालिकाको १४औं स्थानमा उक्लिएको छ भने पराजित वुल्भस ४१ अंकसहित १२औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय