scheduleमगलवार आश्विन ५ गते, २०७८

प्रिमियर लिग: भिल्लाले वेस्टब्रोमलाई बराबरीमा रोक्यो, लिड्स र युनाइटेडले पनि अंक बाँडे

काठमाडौं, १३ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एस्टन भिल्ला र वेस्ट ब्रोमले बराबरी खेलेका छन् । भिल्लाको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

भिल्लाका अनवर एल गाजी र केनान डेभिसले १-१ गोल गरेका थिए भने वेस्ट ब्रोमका म्याथुस पेरेराले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा एल गाजीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा पेरेराले पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए ।

दोस्रो हाफको ४७औं मिनेटमा भिल्लाका टाइरन मिङ्सबाट आत्मघाती गोल भएपछि खेलमा वेस्टब्रोम अगाडि आयो । इन्जुरी समयमा भिल्लाका लागि डेभिसले गोल गर्दै हार टारे ।

बराबरीपछि ३२ खेलबाट ४५ अंक भएको भिल्ला ११औं स्थानमा छ भने वेस्टब्रोम २५ अंकसहित रेलिगेसन क्षेत्रमा कायमै छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र लिड्स युनाइटेडले पनि बराबरी खेलेका छन् । लिड्सको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

बल पोसेसनमा पकड राख्दै राम्रा अवसरहरु बुनेको भएपनि युनाइटेडले गोल भने गर्न सकेन । लिड्सले पनि केही अवसरहरु सिर्जना गरेको थियो ।

बराबरीपछि ३३ खेलबाट ७७ अंक भएको म्यान्चेस्टर युनाइटेड अंकतालिकाोको दोस्रो स्थानमा यथावत् छ भने ४७ अंकसहित लिड्स नवौं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय