scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सत्तापक्षकै अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी, १४ वैशाख । गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा(एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए ।

अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन । बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय