scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

एकैदिन ४६ गोर्खालीलाई कोरोना संक्रमण

गोरखा, १४ वैशाख । गोरखामा मंगलबार एकैदिन ४६ जनामा कोरोना संक्रमित थपिएका छन् । जिल्लाको भीमसेनथापा गाउँपालिकामा २७, गोरखा नगरपालिकामा १२ र पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

केही दिनअघि रुघाखोकी र ज्वरो देखिएपछि गरिएको पीसीआर परीक्षणबाट भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारका २६ जनामा कोरोना देखिएको हो । ३१ जनाको स्वाब संकलन गरिएकोमा २६ जना संक्रमित फेला परेका हुन् । तीमध्ये चारजना विद्यार्थी पनि रहेका छन् ।

बुधबार क्यामुन्टारस्थित विद्यालयका विद्यार्थी र स्थानीय सबैको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पालुङटारमा भेटिएका संक्रमितमध्ये दुईजनाको अवस्था गम्भीर देखिएको छ । उनीहरुलाई थप उपचारका लागि चितवन लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय