scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

खोप लगाएका दुई स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

बाग्लुङ, १५ वैशाख । कोरोनाविरुद्धको खोप लगाएका बाग्लुङका दुई स्वास्थ्यकर्मीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार बाग्लुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा दुई स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाए पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’, घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’ चौध जना पिसिआर र एक जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय