scheduleसोमवार आश्विन ११ गते, २०७८

बलिउडमा पाइला टेकेको १५ वर्ष पुगेको अवसरमा कंगनाको भावुक ट्विट

एजेन्सी, १५ बैशाख । भारतीय अभिनेत्री कंगना रनौतले बलिउडमा पाइला टेकेको १५ वर्ष भइसकेको छ । उनले सन् २००६ मा अनुराग बासुको ‘ग्याङस्टार’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

बलिउडमा निकै संघर्ष गरेर सफलताको शिखर चुम्न सफल कंगनाले आफ्ना दर्शकसामु थुप्रै चलचित्र पस्किसकेकी छन् । केही समयपछि जयाललिताको जीवनीमा आधारित फिल्ममा उनलाई देख्न पाइने छ ।

कंगनाले पहिलो पटक अभिनय गरेको ‘ग्याङस्टार’ १५ वर्षअघि आजकै दिन रिलिज भएको थियो । बलिउडका प्रवेश गरेको १५ पुगेको अवसरमा उनले आफ्नो ट्विटरमा एउटा पोष्ट गरेकी छन् । उनले सो पोष्टमा १५ वर्षअघिको र हालको तस्बिर समेत राखेकी छन् ।

‘पन्ध्र वर्षअघि आजकै दिन ग्याङस्टार रिलिज भएको थियो, शाहरुख खान र मेरो सफलता हालसम्मकै ठूलो हो जस्तो लाग्छ’, कंगनाले आफ्नो ट्विटरमा लेखेकी छन्, ‘शाहरुख दिल्लीमा जन्मनु भएको, कन्भेन्ट स्कुलमा पढ्नु भएको र उहाँका बाबुआमा फिल्ममा संलग्न हुनुहुन्थ्यो तर मलाई अंग्रेजीको एउटा शब्द पनि थाहा थिएन, कुनै शिक्षा थिएन र म हिमाचल प्रदेशको दुर्गम गाउँमा जन्मिएकी थिएँ ।’

कंगनाले आफ्नो ट्विटमा अगाडि लेखेकी छन्- ‘हरेक पाइल एउटा संघर्ष जस्तै थियो जुन संघर्ष मेरा बुबा र हजुरबुबाबाट सुरु भयो, दुबैजनाले मेरो जीवन निकै पीडादायक बनाउनु भयो । तर १५ वर्षमा हासिल भएको यति ठूलो सफलतापछि पनि हरेक दिन अस्तित्वका लागि लडाईं हो तर यो मूल्यवान छ । सबैलाई धन्यवाद ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय