scheduleसोमवार आश्विन ११ गते, २०७८

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान

पोखरा, १५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ ।

सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अहिले प्रदेशसभा बैठक जारी छ।

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

अविश्वासको प्रस्ताव पास भएमा प्रस्तावित मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय