scheduleबिहिवार बैशाख २३ गते, २०७८

वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गर्दै पूर्वप्रधानमन्त्री भट्टराई

फाइल फोटो

काठमाडौं, १६ वैशाख । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

शल्यक्रियाका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुनेछन् । शल्यक्रिया वैशाख १७ गते हुने पाण्डेले जानकारी दिए ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । बायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए । शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।

चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय