scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रियंकाद्वारा ‘भारत पीडामा रहेको भन्दै’ चन्दा संकलन सुरु

एजेन्सी, १६ बैशाख । भारतीय अभिनेत्री प्रियंका चोपडाले नयाँ भिडियोमा कोरोना भाइरसको खतरनाक दोस्रो लहरका कारण आफ्नो जन्मभूमि निकै ठूलो पीडामा रहेको बताएकी छन् ।

चोपडाले इन्स्टाग्राममा राखेको उक्त भिडियोमा भारत ठूलो पीडाबाट गुज्रिरहेको र राहतका लागि सबैलाई आर्थिक सहयोग गर्न भनेकी छन् । आफू र पति निक जोनसले आर्थिक सहयोग गरिसकेको र भविष्यमा पनि सहयोग जारी राख्ने चोपडाको भनाइ छ ।

‘मेरो मातृभूमि भारतले विश्वमै कोभिडको सबैभन्दा खराब संकट सामना गरिरहेको छ र हामी सबैले सहयोग गर्न आवश्यक छ । अहिलेसम्मकै उच्च संख्यामा मानिसहरुको ज्यान गइरहेको छ । जताजतै रोग छ, रोग फैलिइरहेको मात्रै छ र तीव्र गति र संख्यामा ज्यान लिइरहेको छ’, चोपडाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।

त्यस्तै हाल रातह एवं सहयोगका लागि कोष संकलन गरिरहेको गिभइन्डियासँग मिलेर आफूले पनि चन्दा संकलन गर्न सुरु गरेको पनि चोपडाले बताइन् । आफूलाई झण्डै ६३ मिलियन मानिसले फलो गर्ने र यसमध्ये १ लाख जनाले १०-१० डलर दान गर्ने हो भने १० लाख मिलियन जम्मा हुने उनको भनाइ छ ।

त्यस्तै आफूले संकलन गर्ने रकम सिधै स्वास्थ्य पूर्वाधार (कोभिड उपचार केन्द्र, आईसोलेशन सेन्टर, अक्सिजन उत्पादन प्लान्ट,), स्वास्थ्य सामग्री, खोप तथा परिचालनमा खर्च हुने समेत चोपडाले प्रष्ट पारिन् ।

चोपडाले यसै हप्ताको सुरुमा समेत विश्व समुदायले भारतका लागि कोभिड खोप उपलब्ध गराउनु पर्ने कुरालाई जोड दिएकी थिइन् । उनले ट्विट गर्दै अमेरिकाले आवश्यकताभन्दा बढी खोप अर्डर गरेको भन्दै भारतलाई सहयोग गर्न अमेरिकी राष्ट्रपतिसमक्ष आग्रह गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय