scheduleसोमवार आश्विन ११ गते, २०७८

जब ‘इरफानले सोमबार व्रत बस्छु’ भने…

काठमाडौं, १६ बैशाख । बलिउडका चर्चित अभिनेता इरफान खानले संसार छाडेको आज एक वर्ष पूरा भयो । गत वर्ष अप्रिल २९ तारिखमा न्युरोइन्डोक्राइन क्यान्सरका कारण उनको निधन भएको थियो ।

इरफानलाई भारतका निकै गतिशील र उत्कृष्ट कलाकारको रुपमा हेरिन्छ । ‘मकबूल’, ‘द नमस्ते’, ‘पान सिंह तोमर’, ‘हिन्दी मिडियम’ सहित कैयौं फिल्ममा अभिनय गरेका इफरानले कैयौं पुरस्कार समेत जितेका थिए ।

सन् १९६७ मा राजस्थानको एक मुस्लिम परिवारमा जन्मिएका इरफानले ‘सलाम बम्बे’ मा सानो भूमिका निभाउँदै बलिउडमा पाइला टेकेका थिए । उनले भारतीय फिल्ममा मात्रै होइन, अमेरिकी तथा बेलायती फिल्ममा पनि काम गरे ।

मुस्लिम भएपनि हिन्दू धर्मप्रति इरफानको गहिरो श्रद्धा थियो । यो कुरालाई हालै उनकी श्रीमति सुतापाले एक अन्तर्वार्तामा भनेको कुराले पनि पुष्टि गर्छ ।

सुतापाले उक्त अन्तर्वार्तामा धर्मप्रति इरफानको धारणाबारे बताएकी छन् । इरफानले सोमबार व्रत बस्ने कुरा गरेपछि सबै आफन्त छक्क परेको उनको भनाइ छ ।

‘उहाँ (इरफान) ले व्रत बस्न सक्नु हुन्थेन तर पछिल्ला दुई वर्षमा व्रत बस्ने निकै प्रयास गर्नुभएको थियो’, सुतापाले सुनाइन्, ‘उहाँले भन्नुहुन्थ्यो- हप्ताको एक दिन व्रत बस्छु ।’

इरफानले सोमबार व्रत बस्ने भनेपछि सबैजना छक्क परेको पनि सुतापाले सुनाइन् । ‘उहाँले एक दिन भन्नुभयो- मैले सोमबार व्रत बस्ने निर्णय गरेको छु किनभने उक्त बार भगवान शिवको बार हो’, उनले भनिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय