scheduleबिहिवार बैशाख २३ गते, २०७८

विकासशील देशलाई कोभिड खोपको फर्मूला दिन हुन्न भनेपछि बिल गेट्सको चर्को आलोचना

एजेन्सी, १७ बैशाख । अमेरिकी अर्बपति बिल गेट्सले खोप प्रविधिसँग सम्बन्धित प्याटेन्ट (उत्पादन अधिकार) बारे विवादित टिप्पणी गरेका छन् ।

गेट्सले भारतसहित विकासशील मुलुकलाई कोभिड-१९ विरुद्धको खोपको फर्मूला दिन नहुने भनेपछि उनको सर्वत्र आलोचना भइरहेको छ ।

भारतसहित कैयौं मुलुकमा हाल कोरोना भाइरसले हाहाकार मच्चाइरहेको छ । सारा विश्व समुदाय महामारी नियन्त्रणमा लागिरहेको बेला गेट्सको पछिल्लो अभिव्यक्ति निकै विवादित बन्न पुगेको छ । आफूलाई परोपकारी ठान्ने गेट्सको भनाइप्रति धेरैले आपत्ति जनाएका छन् ।

यही साता स्काइ न्युजसँगको एक अन्तर्वार्तामा वौद्धिक सम्पत्तिसम्बन्धी कानुनलाई परिवर्तन गर्न संभव छ भनेर गेट्सलाई सोधिएको थियो । जवाफ दिने क्रममा विकाशशील मुलुकलाई खोपसम्बन्धी प्रविधि एवं फर्मूला दिन नहुने उनले भनेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय