scheduleमगलवार आश्विन ५ गते, २०७८

अस्पतालमा अक्सिजन सकिएपछि डाक्टरसहित ८ कोरोना संक्रमितको मृत्यु

एजेन्सी, १८ बैशाख । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अवस्था निकै दयनीय बन्दै गएको छ । आज दिल्लीस्थित एक अस्पतालमा अक्सिजनको कमी हुँदा डाक्टरसहित ८ जना कोरोना बिरामीको मृत्यु भएको छ ।

दिल्लीको बात्रा अस्पतालमा अक्सिजनको अभाव भएपछि डाक्टरसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । अक्सिजनको अभाव भएर ज्यान गुमाउने डाक्टरमा अस्पतालको ग्यास्ट्रो विभागका डाक्टर आरके हिमथानी रहेका छन् ।

भेन्टिलेटरमा रहेका अन्य पाँच कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । ‘पाँच जना अन्य कोरोना बिरामीलाई बचाउने प्रयास गरिरहेका छौं’, अस्पतालका डाक्टर एससिएल गुप्तालाई उदृत गर्दै भारतीय समाचार माध्यमले लेखेका छन् ।

पछिल्लो पटक भारतमा कोरोना भाइरस अनियन्त्रित बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी नयाँ सक्रमित थपिएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरसँगै राजधानी नयाँ दिल्ली समेत हटस्पट बनिरहेका छन् । दिल्लीमा पछिल्लो २४ घण्टामा २७ हजार ४७ जना नयाँ संक्रमित थपिएको र तीन सय ७५ जनाको ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय