scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेपाललाई थप ८५ लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाडौं, १८ वैशाख । अमेरिकाले नेपाललार्ई कोरोनाभाइरसविरुद्धको लागि थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

विज्ञप्तीमा कोरोना परीक्षण, संक्रमित पहिचान, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि सहयोग गर्न लागेका हौं’ विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच, अमेरिकाले कोरोनाविरुद्धको खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले २ बिलियन डलरको प्रतिबद्धता जनाएको र थप २ बिलियन डलर सहयोग हुन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे एलेनले बताएका छन् ।

संयुक्त राज्य अमेरिका कोरोनाभाइरसबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित हुने थलो बनेको भँन्दै प्रवक्ता एलेनले आफूहरुले नेपालसँग सहानुभूति राख्ने बताए ।

अमेरिकासँग अस्ट्राजेनेका खोप भण्डारण भएको जानकारी बाहिर आएपछि परराष्ट्र मन्त्रालयले पनि खोप उपलब्ध गराउन माग गर्दैै प्रक्रिया सुरु गरेको जानकारी गराएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय