scheduleबिहिवार बैशाख २३ गते, २०७८

मानव तस्करको फन्दामा परेका झण्डै सय आप्रवासी यस्तो अवस्थामा फेला परे

एजेन्सी, १८ बैशाख । अमेरिकाको टेक्सासस्थित एक घरभित्र झण्डै सय जना मानिस एकै ठाउँमा राखिएको अवस्थामा फेला परेका छन् । दुईतले उक्त घरमा ९० जनाभन्दा मानिसहरु एकै ठाउँमा राखिएको अवस्थामा फेला परेका हुन् ।

शुक्रबार संभावित अपहरणबारे गोप्य जानकारी प्राप्त गरेपछि प्रहरीहरु दक्षिणपूर्वी होस्टनमा रहेको उक्त घर पुगेका थिए । घरभित्र पसेपछि ९० जनाभन्दा बढी मानिस एकै ठाउँमा कोचिएर बसेको अवस्थामा फेला परेका थिए । फेला परेका सबैलाई मानव तस्कर गर्ने उद्देश्यले उक्त घरमा ल्याएर राखिएको हुन सक्ने प्रहरीको भनाइ छ ।

होस्टन प्रहरी विभागका उप-प्रमुख डेरिन एडवार्डले सबै पीडितहरु एकै ठाउँमा कोच्चिएर बसेको अवस्थामा फेला परेको र सबै सकुशल रहेको बताएका छन् ।

घरभित्र फेला परेकामध्ये ५ जना महिला रहेको र बाँकी सबै पुरुष भएको मेट्रो डट कमले बताएको छ । उनीहरुको उमेर २० देखि ४० सम्म रहेको समाचारमा उल्लेख गरिएको छ । उनीहरु सबै आप्रवासी रहेको पनि समाचारमा उल्लेख छ ।

प्रहरीले घरभित्र रहेका सबैलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगाएर बसमार्फत् अन्य स्थानमा लगेको थियो ।

समाचार अनुसार उनीहरुमध्ये केही मानिसमा ज्वरो आएको, स्वाद तथा गन्ध थाहा नपाउने जस्ता कोरोनाका लक्षण देखिएका थिए । उनीहरुलाई कोरोना परीक्षण गरेर सम्बन्धित अधिकारीसमक्ष पठाइने पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त घटनाका सम्बन्धमा हाल अनुसन्धान भइरहेको र कसैलाई पनि पक्राउ गरिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय