scheduleबुधवार आषाढ़ २ गते, २०७८

हटस्पट: पोखरामा थप १९१ जनामा कोरोना पुष्टि, उपचाररत आठ संक्रमितको मृत्यु

पोखरा, १९ वैशाख । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पछिल्ला दिनहरुमा संक्रमणले भयावह रुप लिइरहेको छ । संक्रमणको हटस्पट बनेको पोखरामा मात्रै आज थप १९१ जनामा संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १०१ जना तथा लाइफ केयर डाइग्‍नस्टिकमा गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पोखराका ५ सहित थप ८ जना संक्रमितको उपचारका क्रममा पोखराका विभिन्‍न अस्पतालमा ज्यान गएको छ ।

पोखराका ५ तथा पर्वत दाङ र रुपन्देहीका १ १ जना संक्रमितको पोखरामा ज्यान गएको हो ।

पोखराका १९१ सहित गण्डकी प्रदेशभर आज कुल २३५ जनामा संक्रमण पुष्टि भएको छ जससँगै कुल संक्रमितको संख्या १८ हजार ८९६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय