scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

मेटलाइफ नेपालले गर्‍यो ‘कोभिड केयर’ सहायता कार्यक्रम

काठमाडौं, २० वैशाख । कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगका लागि मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको सुरुवात गरेको छ । जसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ दिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिनेछ।

बीमा दाबीका लागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ । बीमितले बीमा दाबी भुक्तानी तोकिएै समय भित्रमा सोझै आफ्नो खातामा पाउनेछन् ।

यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधा पनि समावेश गरिएको छ ।

साथै, डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारहरुका लागि २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ‌ ।

१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधि सहयोग गरिने छ ।

यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क सक्नेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय