scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

दीलिप रायमाझीः करेला बेच्दै, केटी फकाउँदै

काठमाडौं, २० वैशाख । कोरोना महामारीको दुश्प्रभाव सबै क्षेत्रमा छ । यसको ठूलो प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ । फिल्म बन्न छाडे पनि अहिले कलाकारहरु म्युजिक भिडियो समय दिइरहेका छन् ।

अभिनेता दीलिप रायमाझी पनि पछिल्लो समय म्युजिक भिडियोहरुमा बाक्लै देखिन थालेका छन् । उनी एउटा गीतमा करेला बेच्दै केटी फकाउन सक्रिय रहेको देखिन्छ । संगीतकार राजेन्द्र बजगाईंको गीत तीते करेला… मा रायमाझी साइकलमा करेला बेच्न हिंड्ने भूमिकामा देखिन्छन् । उनी करेला बेच्न टोलटोल पुगिरहेका देखिन्छन् ।

सोमबार मात्र रिलिज भएको भिडियोको निर्देशन शिव विकले गरेका छन् । म्युजिक भिडियोबाट पनि राम्रै कमाइ भइरहेको उनको प्रतिक्रिया छ । म्युजिक भिडियोमा दीलिपसँग नाियका नम्रता सापकोटा, अस्मिता कुमारी लामिछाने र नयन सिंहले अभिनय गरेका छन् ।

नृत्य प्रधान भिडियोमा अभिनेता दीलिप करेल बेच्ने बहानामा अस्मितालाई फकाएर आफ्नो बनाउने धुनमा देखिन्छन् । संगीतकार राजेन्द्र बजगाईले गाएको गीतमा कविता शिवाकोटीले पनि साथ दिएकी छिन् ।

अर्जुन तिवारीको छाायंकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय