scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

हेटौंडा अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडा, २० वैशाख । बाराको अमलेखगञ्जबाट उपचारका लागि हेटौंडा ल्याइएका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको एक मात्र सरकारी अस्पतालमा सोमबार बिहान ४६ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

गएराती १२ बजे उपचारका लागि उनको सोमबार बिहान मृत्यु भएको हेटौंडा अस्पतालका प्रमुख डा.प्रबिण श्रेष्ठले जानकारी दिएका छन् ।

अस्पतालमा अहिले अक्सिजन र भेन्टिलेटरसहित कोरोना संक्रमितको उपचार भइरहेको छ । अक्सिजनको मात्रा अत्यन्त कम भएका पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्न लाग्दै गर्दा मृत्यु भएको श्रेष्ठले स्पष्ट पारे ।

यसैगरी गएराती हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ५५ बर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो । हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत उनको राती मृत्यु भएको अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय