scheduleमगलवार श्रावण १९ गते, २०७८

धादिङका धमलाको एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवारी

काठमाडौं, २० वैशाख । धादिङको ज्यामरुङ घर भई अमेरिका बसोबास गर्दै आएका उत्तम धमलाले एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

धमलाले क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेका हुन् । धादिङमा रहँदा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय धमला पत्रकारिता क्षेत्रमा पनि क्रियाशील थिए ।

धादिङ रहँदा धमला सामाजिक, राजनीतिक कामसँगै पत्रकारिता क्षेत्रमा पनि क्रियाशील थिए । अमेरिकामा रहँदा पनि विभिन्न सामाजिक काममा सक्रिय रहँदा आएका धमला प्रवासी नेपालीको पक्षमा आफू क्रियाशील भएर दृढ इच्छाशक्तिका साथ काम गर्ने बताउँछन् ।

धमलासँगै धादिङ स्थायी घर भएका अन्य ५ जनाले पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न २०२१/२३ को कार्यकालका लागि हुने उक्त निर्वाचनका लागि धादिङका ६ जना उम्मेदवारहरु-

राजीव श्रेष्ठ- गजुरी – एनआरएनए एनसीसी अमेरिका, कोषाध्यक्ष पदका उम्मेदवार
दिवाकर पाण्डे- त्रिपुरासुन्दरी गापा – एनआरएनए एनसीसी अमेरिका, बोर्ड अफ डाईरेक्टर
प्रमिला बन्जारा- नीलकण्ठ नगरपालिका – एनआरएनए एनसीसी अमेरिका, मासाच्युसेट्स च्याप्टर बोर्ड अफ डाईरेक्टर
उत्तम धमला- नीलकण्ठ नगरपालिका – एनआरएनए एनसीसी अमेरिका, क्यालिफोर्निया च्याप्टर- बोर्ड अफ डाईरेक्टर
भावना खतिवडा- गल्छी –एनआरएनए एनसीसी अमेरिका, भर्जिनिया च्याप्टर बोर्ड अफ डाईरेक्टर
सन्तोष लम्साल- नीलकण्ठ नगरपालिका – एनआरएनए एनसीसी अमेरिका, टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टर

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय