scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोनाका कारण विश्वभर ३२ लाख भन्दा बढी मानिसको मृत्यु

काठमाडौं, २० वैशाख । विश्वभर फैलिएको कोरोना महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख नाघेको छ । वल्र्डो मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ९ हजार ९ सय ६० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३२ लाख १६ हजार १ सय ४८ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ८० हजार १ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ७० हजार ५९ जना रहेका छन् ।

यस्तै अमेरिकामा ३० हजार ७ सय १, ब्राजिलमा २८ हजार ९ सय ३५, टर्कीमा २५ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ३ लाख ८१ हजार ६ सय १३ पुगेको छ । यस्तै हालसम्म कोरोनाका कारण विश्वभर सङ्क्रमित भएकामध्ये १३ करोड ७ लाख ९१ हजार ४ सय ६४ जना स्वस्थ भएका छन् ।

हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ९४ लाख ७३ हजारभन्दा बढी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय