scheduleबिहिवार बैशाख २३ गते, २०७८

चर्चामा भाजपाकी झुपडीवाली सांसद

एजेन्सी, २० बैशाख । पश्चिम बंगालको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले सोचे जस्तो सफलता हात पार्न सकेन । तर हार भए पनि भाजपाकी एक महिला उम्मेदावारको जीतबारे चर्चा भइरहेको छ ।

हाल सबैतिर चर्चा भएकी भाजपा उम्मेदवार हुन्, चन्दना बाउरी । भाजपाकी चन्दनाले टिएमसीका उम्मेदवार सन्तोष मण्डललाई सालतोराको चुनावमा हराएकी हुन् ।

यतिबेला जीतको भन्दा चन्दनाको सादगी जीवन र आर्थिक अवस्थाबारे बढी चर्चा भइरहेको छ ।

भाजपाका नेता सुनिल देवधरले ट्विट गर्दै चन्दनाको सादगी र आर्थिक अवस्थाबारे जानकारी दिएका छन् । देवधरका अनुसार चन्दनाको जिन्दगीभरको कमाइ ३१ हजार ९८५ भारु रहेको छ । उनी झुपडीमा बस्छिन् ।

चन्दनाका पति मजदुर हुन् । अनुसूचित जातिमा पर्ने चन्दनासँग ३ वटा बाख्रा र ३ वटा गाई छन् । उनले उम्मेदवारी दर्ताका क्रममा चुनाव आयोगसमक्ष पेश गरेको शपथपत्रमा आफ्नो बैंक खातामा केबल ६ हजार ३३५ पतिको खातामा १५ सय ६१ भारु रहेको उल्लेख गरेकी थिइन् ।

चुनाव आयोगमा पेश गरिएको शपथपत्रको विवरण अनुसार चन्दनासँग ३१ हजार ९८५ बराबरको र उनका पतिसँग ३० हजार ३११ हजार बराबरको अचल सम्पत्ति छ ।

चन्दनाका पतिसँग कुनै जमीन छैन । उनले दैनिक मजदुरी गरेर आफ्नो घर चलाउँछन् । चन्दनाले १२ कक्षासम्म र उनका पतिले ८ कक्षासम्म पढेका छन् । दुबैसँग मनरेगा कार्ड छ ।

गत वर्ष प्रधानमन्त्री आवास योजनाअन्तर्गत पहिलो किस्तामा चन्दनाले ६० हजार पाएकी थिइन र उनले सो रकम आफ्नो घरमा खर्च गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय