scheduleबिहिवार बैशाख २३ गते, २०७८

दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकत्ता र बैंगलोरबीचको खेल स्थगित

एजेन्सी, २० बैशाख । कोरोना भाइरसको प्रभाव इन्डियन प्रिमियर लिग (आईपिएल) मा पनि देखिन थालेको छ ।

कोरोना भाइरसबाट दुई खेलाडी संक्रमित भएपछि आज (सोमबार) का लागि तय गरिएको कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंगलोरबीचको खेल रद्द गरिएको छ ।

कोलकत्ताका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि आजका लागि तय गरिएको खेल रद्द भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतको बिसिसिआईले एक विज्ञप्ति जारी गर्दै कोलकत्ताका वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएको छ । अन्य खेलाडीलाई भने कोरोना नेगेटिभ देखिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

हाल चर्कवर्ती र वारियर आइसोलेशनमा बसेका छन् । दुबै जनाको स्वास्थ्य अवस्थालाई निगरानी गरिएको पनि बिसिसिआईले जनाएको छ ।

आईपिएलको १४ औं संस्करणअन्तर्गत आज अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा ३० औं खेल हुँदै थियो । आज कोलकत्ता र बैंगलोरबीच साँध ७:४५ मा खेल सुरु हुने तालिका थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय