scheduleबिहिवार बैशाख २३ गते, २०७८

ओडिआई र टि-२० विश्व वरियतामा नेपालको सुधार

काठमाडौं, २० वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक ओडिआई र टि २० आई वरियतामा नेपालको अवस्था थप सुधार भएको। आइसिसीले सोमबार जारी गरेको नयाँ वरियतामा नेपाल ओडिआई र टि-२० आई दुवैमा एक-एक स्थान सुधार उक्लिएको हो ।

टि-२० आई वरियतामा एक स्थान सुधार गर्दै नेपाल १३औं स्थानमा उक्लिएको छ भने टि-२० आई वरियतामा नेपाल एसियोसियट टोलीमा शीर्षस्थानमा छ । नेपालले यसै महिना मलेसिया र नेदरल्यान्ड्ससँगको टि२० आई त्रिकोणात्मक सिरिज जित्दै १४औं स्थानमा रहेको थियो । नेपाल भन्दा पछि टि२० आई वरियतामा स्कटल्यान्ड १४, यूएई १५, पपुवा न्युगिनी १६ र नेदरल्यान्ड्स १७ औं स्थानमा रहेका छन् ।

आइसिसीले वार्षिक वरियता २०१८/१९ तथा २०१९/२० को नतिजालाई ५० प्रतिशत आधार मान्ने गर्दछ । २०२० को नतिजालाई शत प्रतिशत आधार मान्ने गर्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय