scheduleबिहिवार बैशाख २३ गते, २०७८

भावुक हुँदै आमालाई यसरी सम्झिए संजय दत्तले

एजेन्सी, २० बैशाख । भारतीय अभिनेता संजय दत्तकी आमा एवं बलिउड लेजेन्ड नर्गिस दत्तले यस धर्ती छाडेको आज ४० वर्ष पुगेको छ ।

सन् १९८१ मा आजकै दिन नर्गिसको निधन भएको थियो । आफ्नी आमा बितेको ४० वर्ष पुगेको अवसरमा संजयले इन्स्टाग्राम एउटा पुरानो फोटो राखेका छन् ।

संजयले आफ्नो इन्स्टाग्राममा राखेको फोटोमा उनलाई आमा नर्गिसले काखमा लिएको देख्न सकिन्छ । काखमा बसेका संजय पनि हाँसेका छन् र नर्गिस पनि हाँसेकी छन् ।

पुरानो फोटोसहितको आफ्नो पोष्टमा संजयले एउटा भावुक क्याप्सन समेत राखेका छन् । ‘आमा हरेक दिन तपाईंको याद आउँछ (Not a day goes by when I don’t miss you Ma)’, उनले क्याप्सनमा लेखेका छन् ।

संजयले आफ्नो इन्स्टाग्राममा बेलाबेला बुबा सुनिल दत्त र आमा नर्गिसको फोटो पोष्ट गर्छन् । केही समयअघि अर्थात् मार्च ११ तारिखमा उनले बुबा-आमाको wedding anniversary का अवसरमा एउटा पुरानो फोटो पोष्ट गरेका थिए ।

‘हजुर दुईजनाले मायाको साँचो अर्थ पढाउनु भएको थियो । ह्याप्पी एनिभर्सरी मम एण्ड ड्याड’, उक्त पोष्टको क्याप्सनमा संजयले लेखेका थिए ।

गत वर्ष समेत आमाको निधन भएको ३९ औं वर्षको अवसरमा आमासँग खिचेको पुरानो फोटो राख्दै दत्तले लेखेका थिए- ‘तपाईंले हामीलाई छाडेर गएको ३९ वर्ष भयो तर तपाईं सँधै मेरो साथमा हुनुहुन्छ । तपाईं आज र हरेक दिन मसँगै भइदिएको भए जस्तो लाग्छ । आमा तपाईंलाई दिनदिनै सम्झन्छु, लभ यु मम ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय