scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

काठमाडौंमा एकैदिन झण्डै ३ हजार संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडौं, २० वैशाख । बितेको २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका अन्य जिल्लाहरु भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाँकेमा ४४० र रुपन्देहीमा ६१९ जनामा संक्रमित थपिएका छन् । यो अवधिमा ७७ वटै जिल्लामा गरी ७४४८ जनामा संक्रमित पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा १६ हजार ६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।
यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २ लाख ८६ हजार १५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ ।
नेपालमा हालसम्म ३३६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विस्तृतमा हेर्नुहोस्ः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय