scheduleबिहिवार बैशाख २३ गते, २०७८

एमाले बाहेकका सबै दलले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिस्कार गर्ने

बुटवल, २० वैशाख । लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अवैधानिक घोषणा गरेका छन् । उनीहरुले अवैधानिक सरकारलाई बहिष्कार गर्ने निर्णय समेत गरेका छन् ।

पोखरेल नेतृत्वको सरकारलाई प्रदेशभरीका जनताबाट बहिष्कार गर्न अपिल समेत उक्त गठबन्धनले गरेको छ । सोमबार बुटवलमा आयोजित गठबन्धनको पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न माग गरे । उनीहरुले आफ्नो गठबन्धनसँग बहुमत रहेको भन्दै अल्पमतका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा गरे ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल आवद्ध गठबन्धनले विशेष अधिवेशन आह्वान गरेकै दिन अधिवेशन नै नगरी अन्त्य गर्नु प्रदेश प्रमुखको गैर जिम्मेवारी, पदीय मर्यादा विपरित गरिएको गैरकानुनी र असंवैधानिक कदम भएको आरोप लगाएका छन् ।

उनीहरुले संघीय सरकार मार्फत उनको बर्खास्तीको माग पनि गरे । विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्र रोजिसकेका बेला उनको किर्ते हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनु गलत भएको निष्कर्ष पनि उनीहरुले निकालेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले एमाले सरकार टिकाउन सांसद किनबेच र किर्ते काममा लागेको आरोप लगाए । उनले बहुमत प्रदेशसभा सदस्य आफूसँग भएकाले आफू जनताको मुख्यमन्त्री भएको जिकिर गरे ।

उनले अगाडि थपे, ‘विधि प्रक्रिया नियम संविधान कानुन सबै मिचेर बनेको सरकार धेरै दिन टिक्न दिन्नौं, बहुमत प्राप्त हामी छिटै सरकारमा जान्छौं ।’

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले भने, ‘पोखरेलले केन्द्रमा ओलीको जस्तै असंवैधानिक र अराजनीतिक कदमलाई पछ्याए,. उनको कदमको भण्डाफोर गर्ने र सरकारबाट हटाउन कानुनी, राजनीतिक र संवैधानिक बाटो खोज्ने छौं ।’ कानोडियाले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय