scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोना संक्रमित महिलाको एम्बुलेन्समै मृत्यु

रुकुम पश्चिम, २० वैशाख । रुकुम पश्चिममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज दिउँसो एक ६२ बर्षीया महिलाको मृत्यु भएको हो ।

उनलाई एम्बुलेन्समार्फत् जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो । अस्पताल पुग्नु अघि नै एम्बुलेन्समा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

उनका आफन्तले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र धेरै समस्या भएपछि अस्पताल ल्याइएको बताएका थिए ।

त्यसपछि जिल्ला अस्पतालले मृत्युपछि उनको ऐन्टिजेन परीक्षण गरेको थियो । एन्टिजेन परिक्षणमा उनको रिर्पोट पोजेटिभ आएको जिल्ला अस्पतालका कोरोना रोग नियन्त्रण सम्पर्क व्यक्ति ईश्वर रावलले जानकारी दिए ।

यसैबीच, जिल्ला अस्पताल रुकुम पश्चिममा २९ वटा अक्सिजन सिलिण्डर आईपुगेका छन् । प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको पहलमा आज ५० लिटरका २९ वटा अक्सिजन सिलिण्डर पुगेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय