scheduleबिहिवार बैशाख २३ गते, २०७८

लुम्बिनीमा जसपाबाट चारजना मन्त्री

काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः बिस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले जसपाका नेतृ कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र नेता सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेले सपथ पनि ग्रहण गरेकी छिन् । प्रदेश प्रमुख धर्मनाथ यादव उनलाई सपथ गराएका हुन् । साथै, राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा(एमाले)का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।

पोखरेलले यसअघि दुई जसपाका नेतालाई मन्त्री बनाइसकेका छन् । जसपाका यी चारै मन्त्रीहरु सांसदको जिम्मेवारीमा छैनन् । उनीहरुलाई पार्टीले कारबाही गरेसँगै सांसद पद गुमिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय