scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोना संकटमा सक्रिय यी दुई कलाकार, फ्यान भन्छन्- ‘सोनू जस्तै प्रधानमन्त्री चाहिएको छ’

एजेन्सी, २१ बैशाख । सोमबार भारतीय अभिनेत्री प्रियंका चोपडाले बलिउडका अर्का कलाकार सोनू सूदले कोभिड पीडित बालबालिकालाई नि:शुल्क शिक्षा प्रदानका लागि गरेको अपिलप्रति ऐक्यबद्धता जनाएकी छन् ।

प्रियंकाले सूदको प्रशंसा गर्दै उनी ‘दूरदर्शी समाजसेवी’ भएको र उनको विचारलाई आफूले सहयोग एवं समर्थन गर्ने बताएकी छन्।

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने आफ्नो अपिलप्रति समर्थन गरेपछि सूदले चोपडालाई धन्यवाद दिएका छन् ।

‘प्रियंका, तपाईंको सहयोगका लागि धेरै-धेरै धन्यवाद छ’, सूदले प्रियंकालाई धन्यवाद दिँदै भनेका छन्, ‘हामीले यो कुरालाई सार्थक बनाउन सक्छौं भनेर विश्वास दिलाउन चाहन्छु ।’

यसैबीच सूदका फ्यानले उनको निकै प्रशंसा गरेका छन् । ‘यी मान्छेप्रति मेरो धेरै सम्मान छ’, एक फ्यानले उनको प्रशंसा गर्दै लेखेका छन् ।

‘हामीलाई सोनू सूद जस्तो प्रधानमन्त्री चाहिएको छ’, अर्का फ्यानले सामाजिक सञ्जालमा लेखेका छन् । त्यस्तै अर्का फ्यान भन्छन्- ‘सोनू सूद भावी प्रधानमन्त्री बन्नुपर्छ ।’

केही समय पहिला सूदले कोभिडका गम्भीर बिरामीलाई झासीदेखि हैदराबादसम्म जहाजमा ल्याउने व्यवस्था गरेका थिए ।

प्रियंकाले पनि भारतमा औषधि आपूर्तिका लागि १० लाख अमेरिकी डलर संकलन गर्न भन्दै चन्दा अभियान सुरु गरेकी छन् । त्यस्तै चोपडाले केही दिनअघि विश्व समुदायले भारतका लागि कोभिड खोप उपलब्ध गराउनु पर्ने कुरालाई जोड दिएकी थिइन् । उनले ट्विट गर्दै अमेरिकाले आवश्यकताभन्दा बढी खोप अर्डर गरेको भन्दै भारतलाई सहयोग गर्न अमेरिकी राष्ट्रपतिसमक्ष आग्रह गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय