scheduleबिहिवार बैशाख २३ गते, २०७८

आईपीएल : मुम्बई र हैदरावाद भिड्दै आज

काठमाडाैं, २१ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ । लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।

मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि सोमबारको लागि तय भएको खेल स्थगित भएको छ ।

आईपीएलमा सहभागि कोलकोत्ता नाइट राइडर्सका दुई जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि सोमबारको खेल स्थगित भएको हो । यस्तै चेन्नई सुपरकिंग्सका पनि ३ जना सदस्यमा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय