scheduleबिहिवार बैशाख २३ गते, २०७८

काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडाैं, २१ वैशाख । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारीले उत्पन्न अवस्था लगायतका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने उनले बताए। बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने छ भने पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय