scheduleबिहिवार बैशाख २३ गते, २०७८

सांसदहरूको कोरोना परीक्षण २२ र २३ वैशाखमा

काठमाडौं, २१ वैशाख । प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

संघीय संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिनेछ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय