scheduleबिहिवार बैशाख २३ गते, २०७८

दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ दिने केजरीवालको घोषणा

काठमाडौँ, २१ वैशाख । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्ना नागरिकलाई दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैँया दिने घोषणा गरेका छन् । उनले कोरोनाभाइरस संक्रमणको चपेटामा गुज्रिएको परिवारलाई लक्षित गर्दै यस्तो राहत कार्यक्रम घोषणा गरेका हुन् ।

भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोनाभाइरसको संकट बढिरहेको बेला मुख्यमन्त्री केजरिवालले अनलाइन पत्रकार सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन् । दिल्लीमा रहेका ७२ लाख रासन कार्डवाहकहरुले यो निर्णयसँगै दुई महिनासम्म निःशुल्क खाद्यान्न पाउनेछन् ।

उनले दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् । यो घोषणाबाट दिल्लीमा रहेका करिब डेढ लाख अटो र ट्याक्सी चालकहरूले राहत महसुस गर्नेछन् ।

अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गर्नुको मुख्य उद्देश्य भनेको उनीहरुलाई यस आर्थिक संकटमा केहि मद्दत पुगोस् भनेर रहेको पत्रकार सम्मेलनमा उनले स्पष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय