scheduleबिहिवार बैशाख २३ गते, २०७८

थप कडाईसहित उपत्यकाको निषेधाज्ञा लम्ब्याइयो

काठमाडौं, २१ वैशाख । केही कडा व्यवस्थाका साथ काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गरिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरेको छ ।

यो अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने निर्णय बैठकले गरेको छ । यस्ता संस्थाहरुमा २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्नेछ ।

यो अवधिमा कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै, निषेधाज्ञाको अवधिमा पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने प्रजिअ पराजुलीले बताए। उनका अनुसार अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी जिल्ला प्रशासन कार्यालयको तयारी रहेको बस्नेतले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय