scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोना महामारीको दोस्रो लहर : १० जिल्लामा आंशिक र ३६ जिल्लामा पूर्ण निषेधाज्ञा जारी

काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निषेधााज्ञा जारी छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले कडाई गरेको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।

यस्तै देशभित्र कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या पनि बढ्दै गएको छ । गृह मन्त्रालयका अनुसार कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि त्यसलाई नियन्त्रण गर्न हालसम्म ४६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये १० जिल्लामा आंशिक क्षेत्रमा र ३६ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको गृहले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय