scheduleबिहिवार बैशाख २३ गते, २०७८

रेम्डेसिभिर औषधिको अभाव हुन दिन्नौं: औषधी व्यवस्था विभाग

काठमाडाैं, २१ वैशाख । औषधी व्यवस्था विभागले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको अभाव हुन नदिने जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा अनुगमन गर्न गठित उपसमिति बैठकमा विभागका महानिर्देशक भरत भट्टराईले तीन हजार भाइल काठमाडौँ आइपुगेको र अरु भाइल पनि नेपालमा ल्याउने क्रम जारी रहेको बताए । रेम्डेसिभिर कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि हो ।

त्यस्तै महानिर्देशक भट्टराईले तीन महिनालाई पुग्ने कोभिड र नन कोभिडका अन्य औषधी मौज्दात रहेको जानकारी दिए । औषधी अभाव हुन नदिन विभागले विभिन्न निकायसँग समन्वय गरेर प्रर्याप्त औषधी भित्राउने तयारी गरिरहेको उनको भनाई छ । भट्टराईले औषधीमा कालाबजारी हुन नदिन आफुहरु सचेत रहेको पनि बताए ।

बैठकमा उपसमिति संयोजक जीवनराम श्रेष्ठले कोरोनाका बिरामीलाई आवश्यक औषधी अभाव हुन नदिन विभागले आवश्यक समन्वय र तयारी गर्नुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमितको उपचारको अवस्थाका बारेमा विभिन्न अस्पतालको अनुगमन गरिने जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय