scheduleबिहिवार बैशाख २३ गते, २०७८

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीका प्रमुख सचेतक देव गुरुङले यसबारे जानकारी दिएका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकबाट निस्कने क्रममा कुनै प्रतिक्रिया दिएनन् । माओवादी केन्द्रको यो निर्णयसँगै ओली सरकार अल्पमतमा परेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय