scheduleबिहिवार बैशाख २३ गते, २०७८

यस्तो छ काठमाडाैं उपत्यकामा कोरोना संक्रमणको पछिल्लो अपडेट

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडाैं, २१ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै तीन हजार आठ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडाैंका २ हजार सात सय ७९ , लतिपुरका ६ सय एक र भक्तपुरका ५ सय १३ जना रहेका छन् ।

पछिल्लो केही दिनयता उपत्यकालगायत देशका ठूला सहरमा काेराेना सङ्क्रमण तिव्र रुपमा फैलिएको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा देशभर ७ हजार ६ सय ६० जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् ५५ जनाले ज्यान गुमाएका छन् ।

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेकाे यो सङ्ख्या हालसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय