scheduleबुधवार आषाढ़ २ गते, २०७८

नेपाली भौतिकशास्त्री साहुले अमेरिकामा पाए साढे ३ करोडको अवार्ड

काठमाडौं, २१ वैशाख । अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत भौतिकशास्त्री डा. इन्द्रदेव साहुले झण्डै साढे तीन करोड बराबरको अवार्ड पाएका छन् । उनी एक नेपाली अनुसन्धानकर्ता हुन् ।

साहुले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन(एनएसएफ)अवार्ड पाएका छन् । उक्त अवार्डको राशि २ लाख ९७ हजार डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) बराबर छ ।

अमेरिकाको संघीय सरकार मातहतको अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठानले प्रदान गरेको यो राशि उनले अनुसन्धानमा खर्च गर्नेछन् । उनले पोटासियम च्यानल एसेसरी प्रोटिन (केसीएनई३) को संरचना र गतिशिलताको अध्ययनका लागि यो रकम खर्च गर्नेछन् ।

केसीएनई३ स्वास्थ्यसँग सम्बन्धित प्रोटिन हो । यसको अध्ययनले मुटु सम्बन्धीको गतिशिलता अध्ययनमा थप जानकारी पाइने साहुको प्रतिक्रिया छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय