scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

बुधबारको मौसम: चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २२ वैशाख । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

अहिले देशको सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय