scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अधिवेशनअघि सांसदहरुको कोरोना परीक्षण गरिदैँ

फाइल तस्वीर

काठमाडौं, २२ वैशाख । प्रतिनिधिसभाका सांसदहरूको आज कोरोना परीक्षण गर्न लागिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि त्यसअघि नै कोरोना परीक्षण गर्न लागिएको हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको हो ।

यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्र्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण पनि गर्ने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन बोलाइएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय