scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पतिको हत्या आरोपमा पत्‍नीसहित चार पक्राउ

धनुषा, २२ वैशाख । पतिको हत्या गरेको आरोपमा पत्‍नीसहित चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या आरोपमा २३ वर्षीया पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत शुुक्रबार राति सुशिलाले देवर अनिलसँग मिलेर पतिको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । देवरसँग भाउजूको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइले मिलेर शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनीहरुलाई उदयपुरबाट पक्राउ गरिएको हो । घटनापछि दुईजनालाई फरार गराएको आरोपमा अन्य २ जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय