scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

छिमेकमा एकैदिन थपिए ३ लाख ५० हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, २२ वैशाख । भारतमा लगातार १४ औं दिन ३ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरले सङ्क्रमण दर बढेको छ ।

भारतमा लगातार १४ औं दिनदेखि दैनिक सङ्क्रमित थपिने दर ३ लाखभन्दा बढी छ । गत २४ घन्टामा मात्रै भारतमा ३ लाख ८२ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ६ लाख ५८ हजार २ सय ३४ पुगेको छ । भारत अमेरिकापछि दोस्रो मुलुक हो, जहाँ कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड नाघेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा थप ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ६९ पुगेको छ ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये १ करोड ६९ लाख ३८ हजार ४ सय जना स्वस्थ भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय