scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अब ट्रम्पलाई आफ्नै वेबसाइटमा भेट्न सकिन्छ !

काठमाडौं, २२ वैशाख । अमेरिकी राष्ट्रपति रहँदा सर्वाधिक चर्चा र विवादमा रहेका डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध नै लगाउनु पर्‍यो । उनी अहिले सामाजिक सञ्जालमा छैनन् ।

सामाजिक सञ्जालहरुको प्रतिबन्धलाई छल्दै अब ट्रम्प आफ्नै वेबसाइट सुरु गरेका छन् । उनले मंगलबार आफ्ना गतिविधिलाई सार्वजनिक गर्ने ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ सार्वजनिक गरेका हुन्।

उनको वेबसाइटलाई परिस्कृत ब्लगको रूपमा व्याख्या गरिएको छ । पोर्टलको सुरुमा डायरीमा केही लेखिरहेको सानो उनको तस्बिर देखिन्छ। उनको तस्बिरमुनि अमेरिकालाई फेरि विशाल बनाउनेमा विश्वास गर्ने उल्लेख छ।

उनले प्रयोगकर्तालाई जोडिन आग्रह गरेका छन् जहाँ वेबसाइटमा आधा मिनेटको भिडियो राखिएको छ। उनले आफ्नो भिडियो सन्देशमा यसरी किन आउनुपर्‍यो भनेर तर्क गरेका छन् । मन्तव्यको क्रममा उनले ट्वीटर र फेसबुकले प्रतिबन्ध लगाएको कुरा स्मरण गरेका छन् भने सधैंझै अमेरिकालाई जोगाउन आग्रहसहितको नारा रहेको वेबसाइटको जानकारी रहेको छ। त्यसमुनि ट्रम्पका भनाइ तथा उनका विचारहरू क्रमशः राखिएका छन्।

ट्रम्पका वरिष्ठ सल्लाहकार जेसोन मिलरले ट्वीटरमार्फत् भनेका छन्, ‘राष्ट्रपति ट्रम्पको वेबसाइट उहाँको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्यका स्रोत हो । तर नयाँ सामाजिक सञ्जाल भने होइन।’

ट्रम्पका भनाइलाई ट्वीटर र फेसबुकमा सेयर गर्न मिल्ने गरी ‘आइकन’ राखिएका छन्। तर त्यसमा कसैले पनि कमेन्ट तथा जवाफ फर्काउन पाउने छैनन्।

त्यस्तै प्रयोगकर्तालाई नयाँ जानकारी प्राप्त गर्नका लागि ‘साइन अप अलर्ट’ समेत राखिएको छ। त्यसमा नाम, इमेल र फोन नम्बर राखेर प्रयोगकर्ताले नयाँ जानकारी पा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय