scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

बुधबार घट्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं, २२ वैशाख । नेपाली बजारमा बुधबार सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको छ ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय