scheduleबुधवार आषाढ़ २ गते, २०७८

इजरालयद्वारा तीन सिरियाली शहरमा क्षेप्यास्त्र प्रहार

एजेन्सी, २२ बैशाख । बुधबार सबेरै सिरियाका तीन शहरमा क्षेप्यास्त्र हमला भएको छ । सिरियाली शहर लताकिया, हाइफा र मिसिएफमा इजरायलले क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सिरियाको उत्तर-पश्चिमी शहर लताकियामा भएको क्षेप्यास्त्र हमलामा परी कम्तिमा १ जनाको ज्यान गएको र ६ जना घाइते भएको समाचारमा उल्ले गरिएको छ ।

सिरियाली सरकारी समाचार माध्यम सानाले समेत बुधबार सबेरै भूमध्यसागरको तटमा अवस्थित लताकियामा इजरायली भूमिबाट क्षेप्यास्त्र हमला भएको बताएको छ ।

इजरायलले प्रहार गरेका कैयौं क्षेप्यास्त्र सिरियाली सेनाले रोकेको र केहीलाई खसालेको समाचारमा बताइएको छ । समाचार माध्यम सानाले सैन्य स्रोतलाई उदृत गर्दै लेखेको छ – ‘हाम्रो हवाइ प्रतिरक्षा प्रणालीले आक्रमणकारीका क्षेप्यास्त्रलाई रोकेको र केही क्षेप्यास्त्र खसालेको छ ।’

सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा बुधबार बिहान दुई बजेतिर लताकियाको दक्षिण-पश्चिम तटस्थित कैयौं स्थानमा क्षेप्सास्त्र प्रहार भएको उल्लेख गरिएको छ । त्यस्तै, हाइफा र मिसिएफ शहरमा पनि इजरायलले क्षेप्यास्त्र आक्रमण गरेको छ ।

पछिल्ला केही महिनायता इजरालयले सिरियास्थित इरानी सैन्य ठेगानालाई गोप्य एवं छद्म रुपमा निराशा बनाउँदै आएको छ । पश्चिमी मुलुकका जासुसी स्रोतका अनुसार इजरायलले मुख्यत: हतियार उत्पादन केन्द्र र क्षेप्यास्त्र बोकेर लेबनानबाट सिरिया तर्फ जाने गाडीमाथि आक्रमण गर्दै आएको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पछिल्ला केही महिनामा इजरायली आक्रमणमा परी दर्जनौं सिरियाली सैनिक र सहयोगी लडाकु मारिएका छन् । जनवरीमा सिरियाका विभिन्न स्थानमा भएको इजरायली हमलामा परी १० जना सरकारी सेना र कम्तिमा ४७ जना सहयोगी लडाकु मारिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय