scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

राष्ट्रियसभा उपनिर्वाचन विपक्षीको संयुक्त गठबन्धन : बादलसँग भिड्दै डा. खिमलाल

काठमाडौं, २२ वैशाख । राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् ।

सो गठबन्धनले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएको माओवादीका राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए । सत्तारुढ दल नेकपा (एमाले)ले भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तिबनमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।

पछिल्लो समूह माधवकुमार नेपाल समूह निकट रहेका देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट उपचुनावमा लड्नेछन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय