scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अर्का प्रदेशसभा सदस्यले छाडे शंकर पोखरेलको साथ

बुटवल, २२ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

बिहान राजीनामा दिएर रात छिप्पिँदै गर्दा पुन: मुख्यमन्त्रीको शपथ खाएका शंकर पोख्रेललाई अर्का सांसदले पनि साथ छाडेका हुन् । डाँगी शंकरकै गृहजिल्ला दाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

लुम्बिनीमा केही सांसदहरुले कित्ता परिवर्तन गरिरहेका छन् । पोखरेलले राजीनामा दिनुअघि कपिलवस्तु र पश्चिम नवलपरासीका दुई जना सांसद पुनः पुरानै अवस्थामा फर्किएका थिए ।

डाँगीले शंकर पाेखरेलमा अराजनीतिक चरीत्र हावी हुँदै गएकाे भन्दै सहयाेग नगर्नेगरी कित्ता क्लियर गरेका हुन् ।

डाँगी दाङमा एमालेकाे संगठक मानिन्छन् । उनी मुख्यमन्त्री पाेखरेलकाे गाउँकै हुन् । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित उनी एमालेकै तर्फबाट घाेराही उपमहानगरकाे पूर्व मेयर थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय