scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

बुधबार थप आठ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि, ५८ जनाले ज्यान गुमाए

काठमाडाैं, २२ वैशाख । नेपालमा बुधबार थप आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह स्वास्थ्य मन्त्रालयद्वारा अद्यावधिक विवरणअनुसार यो जानकारी दिइएको छ । देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप थप ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ७५६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

यस्तै, गत २४ घण्टामा ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ८ हजार ६५९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

विगतको हप्ताभन्दा १२७ प्रतिशतले नेपालमा कोरोना संक्रमण फैलिइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो विदेशका अन्य देशहरुभन्दा धेरै बढी हो ।

लुम्बिनी प्रदेशमा यो दर ३०० प्रतिशतभन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ । एक लाख जनसंख्यामा १० जना संक्रमित हुनु धेरै तीव्र फैलावटको रुपमा बुझ्नुपर्ने र नेपालमा यो अवस्था भयावह रहेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपाल दोस्रो चरणको संक्रमणको एक तिहाईको अवस्थामा रहेको र अझै दुई तिहाई संक्रमण देखिन बाँकी नै रहेको मन्त्रालयले जनाएको छ । नेपालमा गत वर्षभन्दा यसपटक धेरै द्रुत गतिमा संक्रमण फैलिइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालमा टेस्ट पोजेटिभी दर ३० प्रतिशतभन्दा बढी रहेको र यो असाध्यै तीव्र रहेको मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र भारतले यो दर १० प्रतिशत हुँदा नै लकडाउन गर्ने नीति अख्तियार गरेको छ । यो दर ३ प्रतिशतमा झरेमा मात्र पर्याप्त परीक्षण भइरहेको मान्न सकिने बुझ्नुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपालमा दैनिक मृत्युको संख्या पनि तीव्र भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले व्यापक मात्रामा कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले संसारका अनुभवअनुसार लकडाउनले भन्दा परीक्षण र आइसोलेसनको मात्रा बढाएर संक्रमण तीव्र घटाउन सकिने र यो आर्थिकरुपमा पनि धेरै फाइदाजनक रहेको स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय